• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बाटोमा माटो फालेको भन्दै वडाध्यक्षले कुटेको आरोप

    274
    SHARES


    हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका ६ का वडाध्यक्ष रामबहादुर गोम्बामाथि ३ जनालाई कुटेको आरोप लागेको छ । गैरीगाउँ-गोगने-पकनी-बैकुण्ठ सडकमा माटो फालेको भन्दै वडा नम्बर ५ का ३ जनालाई कुटेका गाउँलेले बताएका छन् ।

    वडा नम्वर-५ का बासिन्दा कुमार ढकालको जग्गामा पर्ने सडक फराकिलो बनाउने क्रममा आलो माटोमा बिहीबार गाडी फसेका थिए । यहि विषयलाई लिएर उनले ढकाल र उनका छोरा मनोजलाई हातपात गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

    वडाध्यक्ष गोम्बाले बाबुछोरालाई हातपात गरेको देखेर छुटाउन गएका नितन विष्टलाई पनि उनले कुटेका छन् । विष्ट भन्छन्, ‘ढकाल दाइका बाउछोरा माथिनै हातपात गरेको देखेर म छुटाउन गएँ । जनप्रतिनिधि भएर तपाईंले यसो गर्न मिल्दैन भन्दा उनले मलाई पनि लात्तैलात्ता हाने ।’ आफूहरुले इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दिन लागेको बताए ।

    वडाध्यक्ष गोम्बाले बाटोमा माटो हालेको बिषयमा विवाद भएको र धकेलाधकेल भएको तर आफूले हातपात नगरेको बताएका छन् । आफ्नो वडातर्फ जाने गाडीहरु हिलो माटोमा फसेर रोकिएपछि स्थानीयबासिन्दाको आग्रहमा आफू त्यहाँ हेर्न गएको उनले बताए । उनले भने, ‘सार्वजनिक बाटोमा किन माटो हालेको भन्दा स्थानीयहरुले मलाई अभद्र व्यवहार गर्नुभयो ।’ यस विषयमा आफूले पनि कानूनी उपचार खोज्ने वडाध्यक्ष गोम्बाले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ