• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    यौन दुर्व्यवहारको आरोपमा पूर्वअमेरिकी बक्सर जर्जबिरुद्ध मुद्दा दायर

    288
    SHARES


    काठमाडौँ। पूर्व अमेरिकी हेविवेट बक्सिङ च्याम्पियन जर्ज फोरम्यानविरुद्ध यौन दुर्व्यवहार गरेको आरोमा मुद्दा दायर भएको छ । सन् १९७० को दशकमा आफूहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै दुई महिलाले फोरम्यानविरुद्ध लस एन्जेलेसमा मुद्दा दायर गरेका हुन् ।

    तर ७३ वर्षीय फोरम्यानले भने उक्त आरोप गलत भएको बताउँदै आएका छन् । ती महिलाले भने वास्तविक गोप्य राखेर फोरम्यानमाथि मुद्दा हालेको रोयटर्सले जनाएको छ । ६० वर्षमाथिका ती दुई महिलाले आफ्ना बुबाहरु फोरम्यानको नजिक भएका कारण बाल्यकालमै उनीसँग भेट भएको जनाएका छन् । एक महिलाले एउटा उदाहरुणको रुपमा सान फ्रान्सिस्कोको एक होटेलमा आफू १५ वर्षको हुँदा फोरम्यानले आफूसँग यौनसम्बन्ध राखेको मुद्दामा लेखेकी छन् ।

    अर्की एक महिलाले फोरम्यानले आफू १५ वर्षको हुँदा यौन दुर्व्यवहार तथा बलात्कार गरेको उल्लेख गरेकी छन् । ती महिलाले जनाए अनुसार फोरम्यानले आफूसँग यौन सम्पर्क नगरे बक्सिङ एडभाइरजको रुपमा बुबाले जागीर गुमाउने धम्की दिएका थिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ