• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    सेनाको सङ्ख्या १० प्रतिशत बढाउने तयारीमा रुस

    272
    SHARES


    काठमाडौँ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाको सङ्ख्या १० प्रतिशत बढाउन आदेश दिएका छन् । उनले अर्को महिनाभित्र देशको सशस्त्र बलमा १ लाख ३७ हजार सैन्य कर्मचारी थप गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ । अहिले रुसमा १० लाखभन्दा धेरै सैन्य कर्मचारी छन् । रुसमा सैन्य भर्ती अभियान तीव्र बनेको बेला राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश जारी गराए ।

    रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता ६ महिनाको अवधिमा केही सैनिकले ज्यान गुमाएका छन् । कतिपय घाइते भएका छन् । युक्रेनले युद्धमा कडा प्रतिरोध गर्दै आएको छ । थप सैन्य सङ्ख्या स्वयम्सेवकहरू लिएर बढाइन्छ वा भर्ती गरेर भन्ने कुरा स्पष्ट पारिएको छैन । अहिले १८ देखि २७ वर्ष उमेर समूहका रुसी पुरुषलाई सैन्य सेवाको लागि डाकिएको छ । रुसी कानुन अनुसार त्यसरी भर्ती भएकालाई युद्धमा पठाउनुअघि चार महिनाको तालिम दिनुपर्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ