• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    २० भदौभित्रै उम्मेदवार टुंगो लगाउने एकीकृत समाजवादीको निर्णय

    213
    SHARES


    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १५ भदौभित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गर्ने समयसिमा तोकेको छ ।​ आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्ने समयसिमा छुटाएको हो ।

    सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र समन्वय समितिले १० भदौभित्र जिल्ला कमिटीमा नाम सिफारिस गरिसक्नु पर्नेछ । उनका अनुसार क्षेत्रीय कमिटीले १० भदौ भित्र नाम सिफारिस गरेर जिल्लामा पठाए पछि जिल्ला कमिटीले १५ भदौ भित्र प्रदेश कमिटीलाई पठाइसक्ने गरी कार्यतालिका बनाइएको छ ।

    प्रदेश कमिटीले १५ भदौमा केन्द्रीय कार्यालयमा नामावली पठाएपछि २० भदौमा सो पार्टीको केन्द्रिय कार्यालयले प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० उम्मेदवारको टुंगो लगाउने छ । यसरी टुंगो लगाइएका उम्मेदवारहरूलाई सत्तारुढ गठबन्धनको बाँडफाँडबाट अनुसार गठबन्धनबाट उम्मेदवार घोषणा गरिने उनको भनाई रहेको छ । उनका अनुसार कतिपय जिल्लाबाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि धमाधम उम्मेदवार सिफारिस गर्ने कार्य सुरु भइसकेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ