काठमाडौँ। बैतडीमा कार्यालय सहयोगीलाई बलात्कार प्रयास गरेको आरोपमा स्वास्थ्य चौकी इन्चार्ज पक्राउ परेका छन्। सिगास गाउँपालिकाको एक स्वास्थ्य चौकीका इन्चार्ज समेत रहेका २७ वर्षीय अहेव खगेन्द्र धामी पक्राउ परेका हुन् ।
स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रूपमा काम गर्दै आएकी महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । घटना असार १६ गतेको भएपनि अहिले सार्वजनिक भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानेको छ ।
प्रतिक्रिया