• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    फाइजर खोप पाँच वर्ष मुनिका बच्चालाई कति प्रभावकारी ?

    293
    SHARES


    काठमाडौँ। कोरोना भाइरसविरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको लागि प्रभावकारी भएको पाइएको छ । फाइजर आफैले गरेको अध्ययनबाट छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई फाइजर खोप ७३ प्रतिशत प्रभावकारी रहेको देखाइएको हो ।

    यो खोप लगाएका ७३ प्रतिशत बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण हुनबाट बचाएको दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले आपतकालीन अवस्थामा मात्रै यो खोप लगाउन सिफारिस गरेको थियो ।

    अध्ययनले खोप प्रभावकारी देखिएपछि बालबालिकाहरूलाई फाइजर खोप लगाउन प्रेरित गर्न पनि उनीहरूले सुझाव दिएका छन् । विश्वका धेरै देशमा फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई पनि लगाइँदै आएको छ । यस अध्ययनले खोपलाई निरन्तरता दिँदै विस्तार गर्न थप उत्प्रेरित गर्ने भएको छ ।

    स्वास्थ्य अधिकारीहरूले आपतकालीन अवस्थामा मात्रै पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई खोप लगाउन सुझाव दिने गरेपनि अव भने यो खोप सबैलाई नियमित रुपमा लगाउन फाइदाजनक नै हुने देखाइएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ