• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    विश्व जुनियर पौडीमा ३ नेपाली खेलाडी शनिबार पेरुको लिमा प्रस्थान गर्दै

    254
    SHARES


    काठमाडौं । आठौं फिना विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार पेरुको लिमा प्रस्थान गर्दैछ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, राखेपका सदस्य दीपेन्द्र विष्ट र नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    अगष्ट ३० देखि सेप्टेम्बर ४ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा विकास कुमालले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्ने छन् । महिलामा डुवाना लामाले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा अनुश्रीया तण्डुकारले ५० र १ सय मिटर फ्रिस्टायलमा नेपालको चुनौती पेश गर्ने छन् । प्रशिक्षकमा ओङडेन लामा रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ