• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मधेश विशेष समाचार

    मन्त्रीहरुको पुत्ला जलाउने १ सय ८ जना पक्राउ

    1K
    SHARES


    काठमाडौँ। मधेशका मुख्यमन्त्री र मन्त्रीहरुको पुत्ला जलाउने क्रममा जनकपुरधामबाट प्रहरीले १०० जनाभन्दा बढीलाई पक्रेको छ । चुरे तथा वन जंगल संरक्षण अभियानको अगुवाइमा मुख्यमन्त्री र मन्त्रीहरुको पुत्ला बोकेर मधेश भवनतिर जाने क्रममा उनीहरुलाई पक्राउ गरिएको छ । धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले १ सय ८ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

    उनले निषेधित क्षेत्रतर्फ जान रोकेका प्रहरीको घेरा तोड्न लागेपछि उनीहरुलाई पक्राउ गरिएको बताए । त्यस क्रममा झडप समेत भएको थियो । मधेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रालयले सिरहास्थित मारुती सिमेन्टले वन क्षेत्र अतिक्रमण गरेको सम्बन्धमा अस्पष्ट प्रतिवेदन प्रस्तुत गरेको भन्दै उनीहरु आक्रोशित भएर मुख्यमन्त्री र मन्त्रीहरुको पुत्ला जलाउन मधेश सरकारको मुख्यालय रहेको मधेश भवनतिर गएका थिए ।

    मारुती सिमेन्ट उद्योगले सार्वजनिक वन क्षेत्र अतिक्रमण गरेको सन्दर्भमा नापी कार्यालयले काम नगरेको र डिभिजन वन कार्यालयले सिरहा नापी कार्यालयलाई पत्राचार गरे पनि काम नभएको भन्दै प्रदेश सरकारले प्रतिवेदन सार्वजनिक गरेको छ । सुकुम्बासीको नाममा गैर सुकुम्बासीलाई सार्वजनिक वन अतिक्रमण गर्न दिएको, सुकुम्बासीलाई जग्गा दिन नचाहेको भन्दै अभियानको व्यानरमा पछिल्लो एक वर्ष यता जनकपुरधाम केन्द्रीत आन्दोलन गर्दै आएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया