• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार सुदुरपश्चिम

    सासु कुट्ने २ बुहारीमाथि मुद्दा दर्ता

    343
    SHARES


    काठमाडौँ । अछाममा सासुमाथि अमानवीय व्यवहार गर्दै कुटपिट गरेको आरोपमा पक्राउ परेका बुहारीविरुद्ध प्रहरीले अमानवीय व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको छ । पञ्चदेवल विनायक नगरपालिका-६ की ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी उनकी बुहारी ३० वर्षीय देवसरा न्यौपाने र ३५ वर्षीया धर्मा न्यौपानेविरुद्ध अमानवीय व्यवहारको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले बुधबार पक्राउ गरिएकी न्यौपानेकी दुवै बुहारीविरुद्ध अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको जानकारी दिएका छन् । उनकाअनुसार प्रष्टसँग बोल्न नसक्ने जैसरामाथि घरायसी विषयलाई लिएर अभद्र व्यवहार गर्दै दुवै बुहारीले कुटपिट गरेको पाइएको छ ।

    प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा उनलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि बुधबार दुवैलाई पक्राउ गरेको थियो । जैसराको मानसिक सन्तुलन ठीक नभएको दाबी झुठा भएको बताउँदै प्रहरीले प्रष्टसँग बोल्न नसक्ने अवस्थाकी भने रहेको जनाएको छ । उनका श्रीमान भने पूर्ण शारीरिक अपाङ्गता भएका व्यक्ति हुन् । प्रहरीलाई दिएको प्रारम्भिक बयानमा दुवै बुहारीहरुले सासुराले दुःख दिने गरेकाले कुटपिट गरेको उल्लेख गरेकी छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ