काठमाडौं । सत्तारुढ गठबन्धनमा दलहरुले प्रतिनिधिसभाको सिट बाँडफाँटमा आ-आफ्नो दाबी पेश गरेका छन् । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा पाँच दलले आफ्नो दाबी राखेका हुन् । कार्यदलका सदस्य हिमलाल पुरीका अनुसार कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ ।
एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ । बालुवाटारको बैठकपछि उनले भने, कुन दलको कस्तो स्थिति कस्तो छ भन्ने छलफल गरेर एउटा टुंगोमा पुग्छौं ।’
प्रतिक्रिया