• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    दलहरूको निर्वाचन चिन्‍ह राजपत्रमा प्रकाशित गर्ने आयोगको निर्णय

    0.9K
    SHARES


    काठमाडौँ। निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिन्‍ह राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । दर्ता भएका राजनीतिक दलहरूको क्रम निर्धारणसहित चुनाव चिन्‍ह प्रकाशित गर्ने निर्णय आयोगले गरेको हो ।

    आयोगले एक सूचना जारी गर्दै उक्त विषयमा जानकारी दिएको छ । ‘निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधि सभा/प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभा/प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली तर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधि सभा/प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगमा दल दर्ता भएको क्रमको आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने र यसरी निर्धारण गरिएका निर्वाचन चिन्ह नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय आयोगले गरेको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया