• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    गृहमन्त्री खाणसँग बेलायती राजदूत निकोला क्याथरिन पोलिटको भेटवार्ता

    696
    SHARES


    काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री खाणले बेलायतको सहयोगमा सन् २०१४-२०२१ सम्म ‘सुरक्षा र न्यायको सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकामा राजदूत पोलिटलाई धन्यवाद दिए ।

    परियोजनालाई निरन्तरता दिँदै बेलायतको ‘फरेन कमनवेल्थ एण्ड डेभलभमेन्ट अफिल’ले सन् २०२१ को अक्टोबरमा नै उक्त कार्यक्रम पुनः स्वीकृत गरिसकेको थियो । नेपाल र बेलायतबीच यस सहयोगलाई कार्यान्वयन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने सन्दर्भमा उनले गृहमन्त्रीसँग भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री खाणले परियोजनाले पहिलो चरणमा सुरक्षा र न्यायमा जनताको पहुँच बढाउन, लैङ्गिक हिंसा रोक्न तथा प्रहरी र समुदायको सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

    यसकै निरन्तरता स्वरुप परियोजनाको दोस्रो चरण लागू गर्न आवश्यक ‘एमओयू’को मस्यौदामा नेपाल प्रहरीलाई धेरैभन्दा धेरै उपकरण र भौतिक संरचनामा सहयोग गर्ने गरी पुनरावलोकन गर्न नेपाल सरकारले गरेको आग्रहलाई बेलायतले सकारात्मक रूपमा लिएकामा मन्त्री खाणले राजदूतमार्फत बेलायत सरकारलाई धन्यवाद दिए । भेटमा बेलायती राजदूत पोलिटले नेपालमा सङ्क्रमणकालीन न्यायबारे चासो व्यक्त गरेकी थिइन् ।

    मन्त्री खाणले राजनीतिक द्वन्द्व व्यवस्थापनका लागि सरकार विभिन्न राजनीतिक समूह र विद्रोहीसँग गरिएका सहमति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका थिए । उनले नेत्रविक्रम चन्द (विप्लव) जनमत पार्टी र थारू कल्याणकारी सभासँग भएका सहमति कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया