• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    इमरान खानलाई अन्तरिम जमानत

    321
    SHARES


    काठमाडौंँ। पाकिस्तानी अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई अन्तरिम जमानत दिएको छ । इस्लामावादको एक आतंकवाद विरोधी अदालतले पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानलाई गत हप्ता वरिष्ठ प्रहरी अधिकारी र एक महिला न्यायाधीश विरुद्ध टिप्पणी गरेको आरोपमा उनीविरुद्ध दर्ता भएको मुद्दामा अन्तरिम जमानत दिएको हो ।

    प्रहरी र न्यायाधीशलाई ‘धम्की’ दिएको आरोपमा खानलाई आतंकवाद विरोधी कानून अन्तर्गत अभियोग लगाइएको थियो । न्यायाधीशले खानलाई सेप्टेम्बर १ सम्म जमानत दिएका छन् । न्यायाधीश राजा जवाद अब्बासले बिहीबार खानलाई १ लाख पाकिस्तानी रुपैयाँ (४६० डलर) तिरेर सेप्टेम्बर १ सम्म जमानत दिएका छन् ।

    न्यायाधीश ताहिर अब्बास सुप्राल पनिे बिहीबार उत्तर्राधको अतिरिक्त सत्रमा ‘गैरकानूनी सभाको आरोप’मा खानलाई सेप्टेम्बर ७ सम्मको लागि ५ हजार पाकिस्तानी रुपैयाँको जमानतमका आधारमा अन्तरिम जमानत दिएका छन् । अदालतको अवहेलना मुद्दामा अगस्ट ३१ मा सुनुवाइ हुने अल जजिराले जनाएको छ ।

    क्रिकेटको आइकनबाट राजनीतिज्ञ बनेका उनले विगत केही दिनमा बढ्दो कानुनी चुनौतीहरूको सामना गर्नुपरेको छ । खान बिहीबार अदालतमा आउनु अघि उनका वकिलले पीटीआई प्रमुख विरुद्धको आतंकवादी मुद्दालाई पुलिसले बदलाको रूपमा दर्ता गरेको दाबी गरेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ