काठमाडौँ। भुटानमा भएको पाँचौं दक्षिण एशियन किकबक्सिङ च्याम्पियनसिपमा नेपालले ६ स्वर्ण जितेको छ । नेपालकी सिवानी श्रेष्ठले खुला तौल समूहमा फाइनलमा भुटानकी खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले सम्पूर्ण महिला तर्फ उत्कृष्ट खेलाडीको उपाधी समेत हात पार्न सफल भएकी छिन् ।
च्याम्पियनसिपमा ५४ केजी तौलमा स्वर्ण हात पारेका कविन देशारले सम्पूर्ण पुरुष तर्फ उत्कृष्ट खेलाडीको उपाधि समेत जिते । यसै गरि ६० केजी तौलमा स्वर्ण हात पारेका भुवन हायुले च्याम्पियनसिपको अनुशासित खेलाडीको ट्रफी समेत जिते ।
स्वर्ण जित्ने अन्य खेलाडीहरुमा ६२ केजी तौलमा मुकेश लुइँटेल, ६४ केजी तौलमा जय राम ब्लोन र ७२ केजी तौलमा दलबहादुर घले रहेका छन् । भुटानको फुएनसोलिगमा भएको च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेसन र इन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा भएको थियो ।
उक्त च्याम्पियनसिपमा सहभागी भएका ६ जनै खेलाडीले स्वर्ण हात पारेका थिए ।
प्रतिक्रिया