• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संसदमा विचाराधीन विधेयकबारे कानुन मन्त्रीबाट राष्ट्रपतिलाई ‘ब्रिफिङ’

    442
    SHARES


    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले कानुन निर्माण प्रक्रिया र संसदमा विचाराधीन विधेयकका सम्बन्धमा सरकारको योजना बारेमा ‘ब्रिफिङ’ गरेका छन् ।

    राष्ट्रपति कार्यालयमा राष्ट्रपति भण्डारीसँग भएको भेटमा कानुन निर्माण प्रक्रिया, संसदमा विचाराधीन विधेयक लगायतका विषयमा सरकारको योजना ‘ब्रिफिङ’ गरेको मन्त्री शर्माले जानकारी दिए । सो अवसरमा महान्यायाधिवक्ता खम्मबहादुर खाती पनि सहभागी थिए ।

    को छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सरोकारवाला र पीडित पक्षले उठाएका विषयबारे चासो राखेकी थिइन् । जवाफमा मन्त्री शर्माले पीडित तथा सरोकारवालाले उठाएको विषयलाई संसदीय प्रक्रियाबाटै सम्बोधन गर्न सरकार र राजनीतिक दल तयार भएको राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका थिए ।

    उनले देशकै समस्याका रुपमा रहेको यो समस्या समाधानमा देशकै अभिभावकको भूमिकामा रहेको राष्ट्रपतिबाट सबै पक्षको सहयोग जुटाउने भूमिका निर्वाहका लागि आग्रहसमेत गरेका थिए । यस सम्बन्धमा राष्ट्रपतिले सकारात्मक जवाफ दिएको मन्त्री शर्माको भनाइ छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया