• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश १ समाचार

    सभामुख भण्डारी भन्छन् : राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन गरौँ

    305
    SHARES


    काठमाडौँ। प्रदेश १ का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापनमा जुट्नुपर्ने बताएका छन् । बिहीबार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरूको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन् ।

    उनले मानव निर्मित प्रकोपलाई न्यूनीकरण गर्न इमान्दारितापूर्वक लाग्नुपर्नेमा जोड दिए । सभामुख भण्डारीले प्रदेश १ विपद्का हिसाबमा जोखिमयुक्त रहेको भन्दै वर्षैपिच्छे हुने विपद्लाई न्यूनीकरण र व्यवस्थापन गर्न सक्रियतापूर्वक लाग्नुपर्ने जिकिर गरे । उनले इमान्दारीतापूर्वक कर्तव्य पूरा गरे धेरै समस्याको समाधान हुने उल्लेख गरे ।

    उनले प्राकृतिक प्रकोपमा दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्‍न नसकेको बताए । सभामुख भण्डारीले नराम्रो कामको संरक्षण गर्ने प्रवृत्तिले समस्या सिर्जना भइरहेको भन्दै विपद्का घटना हुन नदिन बेलैमा पूर्व तयारीका साथ अघि बढ्नुपर्ने बताए । उनले नागरिक लाभान्वित हुने गरेर कानुनको कार्यान्वयनमा सबै प्रतिबद्ध हुन आवश्यक रहेकाे उल्लेख गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ