• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    खेलकुद नीति तयार गर्दै बागमती प्रदेश

    297
    SHARES


    काठमाडौं । बागमती प्रदेश सरकार आफ्नो खेलकुद नीतिको तयारीमा जुटेको छ । प्रदेश सरकारले खेलकुद नीतिको प्रारम्भिक मस्यौदा तयार गर्न समिति गठन गरेर अघि बढेको हो । प्रारम्भिक मस्यौदा निर्माणका लागि प्रदेश सरकारले खेल बिज्ञ हरिहर लाल श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय बिज्ञ समिति गठन गरेको छ । समितिको सदस्यमा डा. अच्युत लामिछाने, श्रीराम भण्डारी, एलिसा थापा र देवनारायण चौधरी रहेका छन् ।

    सो समितिले ३ महिना भित्र अन्तिम मस्यौदा तयार गरि प्रदेश खेलकुद बिकास परिषद्, बागमती प्रदेशलाई हस्तान्तरण गर्ने बताईएको छ । सो मस्यौदालाई परिषद्ले प्रदेश भित्रका खेलाडी तथा सरोकारवाला ब्यक्तिसँग बृहत छलफल गरेर मन्त्रालयमा पेश गरिनेछ । प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले प्रदेश खेलकुदको योजनाबद्ध विकासका लागि प्रदेश सरकार खेलकुद नीति बनाउने काममा अग्रसर भएको बताए ।

    उनले खेलकुद नीतिमा प्रदेश सरकारले आगामी दिनमा गर्ने खेलकुद बिकास सम्बन्धी सम्पुर्ण कार्यक्रमहरुको मार्गदर्शन गर्ने उल्लेख गरे । ‘प्रदेशको खेलकुदको स्तरलाइ कति बर्षमा कुन स्तरमा पुर्याउने र त्यसको लागि कस्तो संरचनागत बिकास र जनशक्ति बिकासको कार्यक्रम ल्याउने भन्ने कुरालाइ खेलकुद नितिले निर्देशित गर्नेछ ।’ उनले भने ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ