• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पार्किङ खाली गराउने महानगरको अभियानलाई यातायात व्यवसायीको पनि समर्थन

    288
    SHARES


    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भूमिगत पार्किङ खाली गराउने काठमाडौं महानगरपालिकाको अभियानको समर्थन गरेको छ । व्यावसायिक भवनका भूमिगत पार्किङलाई प्रयोजन विपरीत नक्सा मिचेर राखिएका पसल हटाउनै पर्ने महासंघको भनाइ रहेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला महानगरपालिकाले थालेको अभियानले सडकमा ट्राफिक जाम घटाउन मद्धत पुग्ने बताए ।

    ‘निजी भवनका पार्किङमा पसल राखेपछि सवारी सडकमा पार्क हुन्छ, उनले भने, ‘यसले गर्दा सडकमा सवारी र यात्रुको आवागमन प्रभावित हुँदै आएको छ ।’ सबै पार्क खुलाएमा ट्राफिक जामको समस्या ३० प्रतिशतसम्म घट्ने सिटौलाको दाबी छ । महानगरले यो अभियान धेरै अघि सुरु गर्नुपर्ने भन्दै सिटौलाले कसै न कसैले सुरु गर्नै पर्ने अभियान मेयर बालेन साहले सुरु गरेको बताए ।

    ‘जे चिज जुन प्रयोजनका लागि भनेर तोकिएको हुन्छ, त्यसैमा हुनुपर्छ,’ उनी भन्छन्, ‘निजी सवारीलाई पार्किङ गर्न समस्या पर्दा त्यसको असर सार्वजनिक सवारीलाई समेत परेको छ, त्यसले सार्वजनिक यातायातको यात्रमा कष्ट थपेको छ ।’ यो अभियानले काठमाडौंको सडक र सवारी व्यवस्थापनमा सहजता आउने महासंघको भनाइ छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ