• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    १५-२० सिटलाई कसैले रोक्न सक्दैन : अध्यक्ष नेपाल

    300
    SHARES


    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् । पार्टी स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बालुवाटारमा भएको छलफलमा पनि साढे ४ लाख मत मात्र भएको तर्क आएको उनले बताए । तर आफूहरुले पोखरा महानगरपालिकामा मेयर लिएकै कारण वडामा उम्मेदवारी दिन नदिएकाले यो हिसाब नमिल्ने बताए ।

    २७ प्रतिशत सिटमा उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको दाबी गर्दै उनले भने, ‘देशभर उम्मेदवारी दिएको भए १५ देखि २० लाख भोट पाउन सक्दथ्यौं । १५ देखि २० लाख भोट पायौं भने १५/२० वटा सिटलाई कसैले रोक्न सक्दैन ।’ आफ्नो दललाई अवमूल्यन गर्न खोजे मुखदर्शक भएर नबस्ने र जनतामाझ जाने उनले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ