• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सडकको भल गाउँमा पसे पछि…

    0.9K
    SHARES


    काठमाडौँ। भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका- १२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट सडकमा आइपुगेको भलपानी मानव बस्तीमा पस्दा घर गोठ र खेतीयोग्य जमिनमा क्षति पुगेको हो । भलले सावित्री ढकाल र रामकुमार श्रेष्ठको घरमा क्षति पुगेको छ । चेतनारायन श्रेष्ठको कुखुरा फार्ममा कामै नलाग्ने गरी क्षति भएको नीलकण्ठ-१२ का वडाध्यक्ष धर्मराज भण्डारीले जानकारी दिएका छन् ।

    बुधबार साँझको भल घरभित्रै छिरेपछि सावित्री र राजकुमारको परिवार छिमेकीको घरमा बसेका छन् । दुईवटै घरको अन्नपात र लत्ताकपडा पनि कामै नलाग्ने भएको उनीहरुले बताए । “बस्तीको नजिक खोला पनि छैन, त्यसरी भल पस्ला भन्ने कल्पनासमेत थिएन”, वडाध्यक्ष भण्डारीले भने, “थप क्षति हुन नदिन रातैभरी खटिएर भल छिर्नसक्ने ठाउँमा डोजरको सहायताले भल छेक्ने काम गरेका छौँ ।”

    नीलकण्ठ-१२ कै आलडाँडाभन्दा माथिबाट सडकमा जम्मा हुँदै आएको भल ह्युमपाइपले नधानेपछि सडक र बारीका कान्ला भत्काउँदै बस्तीमा ओइरिएको स्थानीयवासीले बताएका छन् । लेदो, माटो, ढुङ्गासहितको भलले बिजुलीका खम्बामा पनि क्षति पुगेको छ ।

    एउटा बिजुलीको खम्बा ढलेर सावित्री ढकालको घरको कर्सामा अड्किएको छ । उता नीलकण्ठ-१२ कै केउरेली खोल्सामा आएको भलले पारस लम्सालको गोठ भत्काएको छ । केही घरमा पनि पानी पसेको छ । आसपासका खेतमा लगाइएको धान नस्ट भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया