• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मोटरसाइकलको ठक्कर बाट ७१ वर्षीय वृद्धको मृत्यु

    251
    SHARES


    काठमाडौँ। दाङमा मोटरसाइकलको ठक्करबाट ७१ वर्षीय वृद्धको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-८ स्थित अश्वार निवासी मोतिलाल ओलीको मोटरसाइकलले ठक्कर दिएर मृत्यु भएको प्रहरीले जनाएको छ । तुलसीपुर-५ रानी जरुवाका सुवास परियारले चलाएको मोटरसाइकलले अश्वारमै ठक्कर दिँदा घाइते भएका उनको कोहलपुरमा उपचार गर्न लैजाने क्रममा निधन भएको पारिवारिक सदस्य रणबहादुर ओलीले बताएका छन् ।

    सो मोटरसाइकल कविराम चौधरीको रहेको र परियारलाई चलाउन दिएका थिए । दुर्घटनापछि मोटरसाइकल धनी र चालक दुवै जना फरार भएको ओलीले बताएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ