• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ‘अग्निपथ’को छलफल बैठक : न मन्त्री आए न कोरम पुग्यो

    176
    SHARES


    काठमाडौं । अग्निपथबारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ । समितिले छलफलका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बोलाएको थियो । तर बैठकमा कोरम पनि पुगेन र मन्त्री खड्का पनि उपस्थित भएनन् । २५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थित हुनु पर्नेमा जम्मा ७ जना मात्र उपस्थित थिए ।

    नेकपा एकीकृत समाजवादी स्थापना दिवस मनाउन र नेकपा एमाले पोलिटब्युरो बैठकमा व्यस्त रहेकाले बैठकमा कोरम नपुगेको हो । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको समिति सभापति पबित्रा निरौला खरेलले बताइन् । भारतले सैन्यभर्तीका लागि अग्निपथ योजना ल्याएको छ । उसले यो योजना अनुसार नै गोर्खा सैनिक भर्ना गर्ने तयारी गरिरहेका छ । त्यसैले यसबारेमा छलफल गर्न समितिले बैठक बोलाएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ