• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    महंगा फोन आयातमा प्रतिबन्धपछि स्मार्टफोनको आयातमा कस्तो असर ?

    336
    SHARES


    काठमाडौँ। चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन)मा स्मार्टफोनको आयात ५० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू वर्षको साउन महिनामा २ अर्ब २५ करोडले आयात घटेको हो । भन्सार विभागका अनुसार चालू वर्षको साउन महिनामा विदेशबाट २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँको स्मार्टफोन आयात भएको छ ।

    जुन, गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ८२ करोड ६७ लाख रुपैयाँको आयात भएको थियो । सरकारले ३०० डलरभन्दा महंगा स्मार्टफोन भित्र्याउन नपाउने गरी प्रतिबन्ध लगाएपछि आयात घटेको हो । चालू वर्षमा विदेशबाट १ लाख ७६ हजार थान मोबाइल आयात भएको छ । गत वर्षको यही अवधिमा ६ लाख ६७ हजारभन्दा बढी थान मोबाइल आयात भएको थियो ।

    सरकारले खासगरी, विदेशी मुद्राको सञ्चिति खुम्चिएको भन्दै स्मार्टफोन सहित अन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । जसमा १५० सिसी माथिका मोटरसाइकल, डिजेल-पेट्रोल (अत्यावश्यक बाहेक) सवारी साधन लगायतको आयात प्रतिबन्ध लगाएको छ । यस्तै, कुरकुरे, कुरमुरे, विदेशी ब्रान्डका मदिरा लगायतको समेत आयात प्रतिबन्ध छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ