• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कांग्रेस नेता निधि भारतबाट फर्किएको एक महिना नपुग्दै पुनः भ्रमणमा

    224
    SHARES


    काठमाडौँ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । बिहीबार विहान कांग्रेस पूर्व उपसभापति निधि एक साताका लागि भारत प्रस्थान गरेका हुन् । उनी भारतबाट फर्किएको एक महिना नपुग्दै पुनः भ्रमणमा निस्किएका छन् । उनी भदौ १५ गते स्वदेश फर्किने छन् ।

    साउन २२ गतेमात्र नेपाल फर्किएका उनी भदौ ९ गते फेरि भारत लागेका छन् । साउनमा भएको भारत भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए । यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश मन्त्रालयमा पठाएकाले छलफलका लागि उनी भारत गएको बुझिएको छ । निधिले जनकपुर र अयोध्याबीच धार्मिक, सांस्कृतिक र कूटनीतिक सम्बन्ध विस्तारका लागि पहल गरिरहेको छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ