काठमाण्डौ। वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त डा. द्वारिका उप्रेतीले कार्यभार सम्हालेका छन् । बुधवारदेखि कार्यकारी निर्देशक उप्रेतीले बोर्डको कार्यभार सम्हालेका हुन् । गएको सोमबार बसेको मन्त्रिपरिषद्ले बैठकले उनलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
डा. उप्रेती एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासङ्घ समाजवादीका केन्द्रीय सचिवालय सदस्य तथा मधेस प्रदेश इन्चार्ज समेत रहेका छन् । कार्यकारी निर्देशकका लागि उम्मेदवारी दिएका मध्येबाट पाँच जना सर्टलिष्टमा परेका थिए । कार्यकारी निर्देशक नियुक्तिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको नेतृत्वमा रहेको सिफारिस समितिले उनिसहित निर्मल कुमार उप्रेती र युवराज बस्नेतको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको थियो ।
तीन जनामध्येबाट डा. उप्रेती नियुक्त भएका हुन्। यस अघि बोर्डका कार्यकारी निर्देशक रहेका राजन प्रसाद श्रेष्ठको ४ वर्षे कार्यकाल सकिएपछि कार्यकारी निर्देशकको पद रिक्त रहेको थियो । बुधवार बोर्डमा पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक डा. उप्रेती आफूले श्रमिक हितमा स्वतन्त्र भएर कसैको दबाबमा नपरी काम गर्ने बताएका छन् ।
प्रतिक्रिया