• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    अनधिकृत संरचना भत्काउने अभियान निरन्तर रहने र क्षतिपूर्ति सम्बन्धित धनीबाटै लिनुपर्ने मेयर शाहको भनाई

    806
    SHARES


    काठमाण्डाै। काठमाण्डौ महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काउने अभियानलाई निरन्तरता दिने भएको छ । महानगरपालिकाले आज काठमाण्डौको कोटेश्वरमा सडक अतिक्रमण गरेर सञ्चालन गरिएका पसलहरू हटाउने तयारी गरेको छ ।

    कोटेश्वरमा हिजो पुगेको महानगरको टोलीले सम्झाइ बुझाइ गरेर आजदेखि हटाउने जानकारी गराएको छ । गएको सोमवार बानेश्वरमा केही संरचना भत्काएको महानगरपालिकाले हिजो न्युरोड तथा दरबारमार्ग क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको थियो ।

    महानगरका मेयर बालेन्द्र शाहसहितको टोलीले हिजो न्युरोडको काठमाण्डौ मल, आर बी कम्प्लेक्सलगायतमा बनेका अनधिकृत संरचना हटाएको थियो । यसअघि नै ३५ दिने सूचना निकालेको महानगरले अटेरी गरेपछि भत्काउने अभियान थालेको हो । महानगरपालिकाले ३५ दिने सूचना निकालिसकेको र जुनसुकै बेला अनधिकृत संरचनाहरू हटाउन सक्ने भन्दै नियम पालना गर्न सबैलाई आग्रह पनि गरेको छ । महानगरले डोजर लगाएर संरचना भत्काएपछि भाडामा पसल राखेका व्यापारीहरुले आफूहरुमाथि अन्याय भएको गुनासो गरेका छन् ।

    मेयर शाहले भने महानगरले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु नगरेको र क्षतिपूर्ति सम्बन्धित धनीबाटै लिनुपर्ने बताए । आफूहरुले यसअघि बोलाएको छलफल र सरसल्लाहमा कोही पनि सम्पर्कमा नआएको पनि उनको भनाइ छ । अबका दिनमा अनधिकृत संरचनाहरु नबनाउन र बनाएका त्यस्ता संरचनाहरु आफैँले भत्काउन पनि उनको अनुरोध छ ।

    यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने काम नगर्न पनि मेयर शाहले आग्रह गरे छ । यस्तै काठमाण्डौ महानगरपालिकाले जिल्ला अदालत काठमाण्डौलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र समेत लेखेको छ ।

    महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया