• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एकैदिन तीन हजार सवारी चालकमाथि कारवाही

    399
    SHARES


    काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १९६ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    कारवाहीमा पर्नेमा १९७ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने चालकहरू रहेका छन् । लेन अनुशासन पालना नगर्ने ७०, रेड लाइटमा सवारी साधन चलाउने ६३, निषेधित क्षेत्रमा हर्न बजाउने १९९, नम्बर प्लेट राम्रोसँग नराख्ने २२ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २ हजार ६५५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ