काठमाडौँ। अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनमाथि फेरि छानबिन गर्न आदेश भएको छ । आफ्नो कार्यकालमा उनले विभिन्न ५ वटा मन्त्रालयको जिम्मेवारी लिनु कानुनसम्मत रहेको भए पनि सरकारका सिद्धान्तलाई मौलिक रूपमा कमजोर बनाएको सार्वजनिक अध्ययन समितिले जनाएको छ । यसअघि मोरिसन प्रधानमन्त्री रहेका बेला विभिन्न ५ वटा मन्त्रालयको जिम्मेवारी गोप्य रूपमा लिएको सार्वजनिक भएको थियो ।
लगत्तै प्रधानमन्त्री एन्थोनी अल्बानिजीले यसबारेमा अध्ययन गरी सरकारलाई सुझाव दिन आग्रह गरेका थिए । पूर्वप्रधानमन्त्री मोरिसनले कोरोना महामारीका बेला सन् २०२० मार्चमा स्वास्थ्य तथा अर्थ, अप्रिल २०२१ मा उद्योग, विज्ञान तथा स्रोत र मे २०२१ मा ट्रेजरी तथा गृह मन्त्रालयको जिम्मेवारी समेत आफूले लिएका थिए । जिम्मेवारी लिए पनि कसैलाई जानकारी नदिइ गोप्य राखेको भन्दै उनको आलोचना भएको थियो । मोरिसनको भने आफूले कुनै पनि अधिकारको गलत प्रयोग नगरेको दाबी रहेको छ ।
प्रतिक्रिया