धनकुटा, २९ चैत ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ७ जनालाई प्रहरीले फिल्मी शैलीमा पुन: गिरफ्तार गरेको छ । बिहिबार रिहा भएलगत्तै बाहिर अलर्ट भएर बसेको प्रहरीले उनीहरुलाई पुनः गिरफ्तार गरेर उदयपुरतिर लागेको छ ।
गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरिएका नेताहरुलाई धनकुटाको जिल्ला प्रशासनले समान्य धलौटिमा छोडेको थियो ।
तर, उदरपुरबाट गएको प्रहरी टोलीले पुनः गिरफ्तार गरेको हो ।
यसैबीच , गृहमन्त्रीको ठाडो निर्देशनमा प्रहरीले आफ्ना नेता कार्यकर्तालाई पुनः गिरफ्तार गरेको दलाल सरकारको चरित्र उदाङगो पारेको भन्दै नेकपाले उक्त घटनाको बिरोध गरेको छ । यो घटनाले प्रहरी प्रशासनको समेत गलत हर्कत प्रष्ट भएको नेकपाले जनाएको छ ।
नेकपाका पूर्वी कमान्ड इन्चार्ज विरहीले प्रेस विज्ञप्ति जारी गरेर गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । कार्यक्रमहरुमा विहीबार (अाज) देखि वैशाख २ गतेसम्म प्रचारप्रसार, जनसंघर्ष, ३ गते मसाल जुलुस र ४ गते पूर्वी कमाण्ड बन्दको घोषणा गरेका छन् । सगरमाथा, जनकपुर, कोशी र मेची बैशाख ४ गते गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका केन्द्रीय सदस्य किरण राईसहित ८ जना नेतालाई पार्टीको बैठक बसिरहेको अवस्थामा चैत ५ गते धनकुटा, हिले बजारबाट प्रहरीले गिरफ्तार गरेको थियो । जिल्ला प्रशासन कार्यालयले सबै नेताहरुलाई निर्दोष सावित गर्दै सामान्य धरौटीमा रिहाइको अादेश दिएको थियो ।
प्रतिक्रिया