काठमाडौं। पोप फ्रान्सिसले युक्रेनमा युद्ध अन्त्य गर्न र जापोरिज्जिया आणबिक प्लान्टमा आणविक प्रकोपको जोखिमबाट बच्न ठोस कदम चाल्नुपर्ने आह्वान गरेका छन् । क्याथोलिक चर्चका प्रमुख फ्रान्सिसले आफ्नो साप्ताहिक सामान्य श्रोताहरूमा बोल्दैे युद्धहरुलाई ‘पागलपन’ भनेर निन्दा गर्न स्क्रिप्ट छोडेका थिए ।
मस्को नजिकै भएको कार बम बिस्फोटबाट मारिएकी महिला दर्या डुगिनालाई युद्धका कारण मारिएका निर्दोषहरूमध्ये एक रहेको उनले उल्लेख गरेका छन् । उनले थपे, ‘युद्धबाट लाभ उठाउने हतियार व्यापारीहरू मानवता सिध्याउने अपराधी हुन् ।’
प्रतिक्रिया