• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार सुदुरपश्चिम

    सासुलाई कुटेको आरोपमा दुई बुहारी पक्राउ

    894
    SHARES


    अछाम। अछाममा अमानवीय व्यवहार गर्दै सासुमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका-६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले फेसबुकमा भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि कुटपिटमा संलग्न न्यौपानेकी दुई बुहारीहरुलाई पक्राउ गरिएको जानकारी दिए । ‘हामीले सामाजिक सञ्जालमा भिडियो देखेपछि घटनाको अनुसन्धान थालेका थियौँ ।

    त्यो भिडियो पञ्चदेवल विनायक नगरपालिका-६ की महिलामाथि उनकै बुहारीले अभद्र व्यवहार गर्दै कुटपिट गरेको रहेछ भन्ने खुलेको छ,’ प्रहरी निरीक्षक विष्टले भने, ‘अहिले जिल्लाबाट खटाइएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला ल्याएपछि थप कुरा खुल्नेछ ।’

    प्रहरीका अनुसार सासुमाथि कुटपिट गर्ने बुहारीहरुको नाम भने खुलेको छैन । सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई यातना दिदै लछारपछार गरेको देखिन्छ भने उनले ‘ओ मेरा बाबै’ भन्दै चिच्याएको सुनिन्छ । स्थानीयका अनुसार मानसिक सन्तुलन ठीक नभएकी न्यौपाने बोल्न सक्दैनन् । उनका श्रीमान्‌ चुडामणि न्यौपाने अपाङ्ग भएको बुझिए पनि विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया