• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    क्रोएसिया पठाउँछु भनेर ६ लाख ठगेको आरोपमा एक युवक बानेश्वरबाट पक्राउ

    235
    SHARES


    काठमाडौँ। वैदेशिक रोजगारीका लागी ‘क्रोएसिया पठाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बिराटनगर घर भएर बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन् ।

    क्रोएसियाको ‘कृषि फर्ममा काम लगाइदिन्छु, तलब १ लाख हुन्छ’ भनेर दाहालले पीडितहरुसँग ६ लाख चौबिस हजार लिएर फरार भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।

    धनञ्जय कुमार कार्की सहितका व्यक्तिहरुलाई ठगेर सम्पर्कविहीन भएपछि आरोपीलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले प्रहरीलाई आग्रह गरेको थियो । बुधवार उनलाई सिनामंगलबाट पक्राउ गरेर विभागमा बुझाइएको एसपी कोइरालाले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ