काठमाडौँ । सामसङले ८५ इन्चसम्मका टेलिभिजन नेपालमै एसेम्बिलङ गर्ने भएको छ । नवलपरासीमा खुलेको उद्योगले नेपालमै सामसङका टेलिभिजन उत्पादन गर्ने भएको हो ।
कोरियाको बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्सको लगानी रहेको उद्योग बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरे ।
नवलपरासीमा रहेको उद्योगमा गोल्छा अर्गनाइजेसन मातहत रहेको हिम इलेक्ट्रोनिक्सको समेत लगानी रहेको छ । उद्योगबाट दैनिक १ हजार थानसम्म टेलिभिजन उत्पादन हुने बताइएको छ ।
शिलान्यासका क्रममा मन्त्री बडूले यो उद्योग स्थापनासँगै प्रत्यक्ष वैदेशिक लगानीमा महत्वपूर्ण उपलब्ध भएको बताए । उनले यस उद्योगको स्थापनासँगै सामसङ ब्रान्डका टेलिभिजन नेपालमै एसेम्बल हुनेमा खुसी व्यक्त गरे ।
प्रतिक्रिया