काठमाडौँ । अर्को वर्षदेखि सामसङ टिभी नेपालमै उत्पादन हुने भएको छ ।
कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नवलपरासीको भूमे रोडमा बन्ने सामसङ टिभीको फ्याक्ट्री बुधबार शिलान्यास भएको छ ।
बुधबार नवलपारासीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले फ्याक्ट्रीको शिलान्यास गरे ।
फ्याक्ट्रीको क्षमता दैनिक एक हजार टिभी उत्पादन गर्ने हुनेछ भने नेपाली फ्याक्ट्रीमा ८५ इन्चसम्मका टिभी र त्यसको प्यानल समेत उत्पादन हुनेछ भएको छ । सामसङ दक्षिण कोरियाको प्रविधिकको सुपरभिजनमा सञ्चालनमा आउने फ्याक्ट्रीमा १५० जनाले तत्काल प्रत्यक्ष रोजगारी पाउने छन् ।
केही दिनमै उद्योगको फिटङ सुरु हुने नेपाली लगानीकर्ता एवम् गोल्छा अर्गानाइजेसनका अध्यक्ष गोल्छाले बताएका छन् । सामसङ इलेक्ट्रोनिक्ससँगको २२ वर्ष लामो व्यापार साझेदारीले नेपालमै फ्याक्ट्री बनाउने वातावरण बनेको भन्दै गोल्छाले धन्यवाद पनि ज्ञापन गरेका छन् ।
प्रतिक्रिया