काठमाडौं । महिला साफ फुटबल प्रतियोगितामा सहभागी हुन भुटानको राष्ट्रिय फुटबल टोली भोलि (बिहीबार) नेपाल आईपुग्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको जानकारी अनुसार भुटानी टोली बिहान ९ बजे ड्रक एअरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । साफ खेल्न नेपाल आउने भुटान पहिलो टिम हो । भुटान समूह ‘बी’ मा रहेको टोली हो ।
यो समुहमा श्रीलंका र नेपाल रहेका छन् । भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगितामा नेपाल सहित ७ टिमले प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । भखैरै प्रतिबन्धमा परेको भारतीय टिमको सहभागीता भने अनिश्चित छ ।
प्रतिक्रिया