काठमाडौँ। मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन् । पोखरा महानरपालिका-३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका-१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
उक्त शवको तनहुँ प्रहरीले मुचुल्का उठाउने र दमौली अस्पतालमै शव परीक्षण गरी आफन्तलाई बुझाइने प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।
प्रतिक्रिया