• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ज्यालाको विरोधमा उत्रिएका श्रमिकलाई कतारद्वारा देश निकाला

    410
    SHARES


    काठमाडौँ। कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरेको छ । कम्तीमा ६० जना श्रमिकहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेश्नल ग्रुपको दोहा कार्यालय सामु अगस्ट १४ मा र्‍याली गरेका थिए । तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको गुनासो छ ।

    लगत्तै केही कामदार पक्राउ गरिएको र केहीलाई देशबाट निकाला गरेको पाइएको बीबीसीले जनाएको छ । तर निकाला गरिएका कामदारको संख्या थाहा हुन सकेको छैन । इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी निकालिनेमा नेपाल, बङ्ग्लादेश, भारत, इजिप्ट र फिलिपिन्सका श्रमिक रहेका छन् । कतारको सरकारले निकालिने कामदारहरूले ‘सुरक्षा कानुन’ तोडेको बताएको छ ।

    सन् २०१० मा कतारले विश्वकप फुटबल आयोजनाको अधिकार पाएपछि रङ्गशाला तथा अन्य पूर्वाधार निर्माण थालिएको थियो । कतारले आउँदो नोभेम्बर महिनामा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ । अल बन्दारी इन्टरनेश्नल ग्रुप नामक कम्पनी खासगरि निर्माण तथा इन्जिनियरिङमा संलग्न छ । कतारले अल बन्दारी ग्रुप यसअघिदेखि नै कामदारलाई ज्याला नदिएका उजुरीहरूका कारण अनुसन्धानको घेरामा परिसकेको बताएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ