काठमाडौं। काठमाडौं महानगरपलिकाले सुन्धरास्थित काठमाडौं मलले बनाएका अनाधिकृत संरचनाहरू भत्काएको छ । मलले सडकपेटी अतिक्रमण गरी बनाएका संरचनाहरू महानगरले बुधबार बिहान डोजर लगाएर भत्काएको हो ।
अवैध संरचना भत्काउन र पसल खाली गराउन महानगरका मेयर बालेन्द्र शाह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका छन् ।
मलले सडकपेटी मास्ने गरी बनाएका संरचना र नक्साविना भवनहरू भत्काइएको महानगरका मेयर बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले इकागजलाई जानकारी दिए ।
‘महानगरले पछिल्लो समय अनाधिकृतरूपमा बनाइएका संरचनाहरू भत्काउने कार्यलाई तिव्रता दिएको छ । यो त्यसैको निरन्तरता हो,’ उनले भने ।
प्रतिक्रिया