• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सरिता गरिद्वारा सद्भावना पार्टी छाडेको घोषणा

    429
    SHARES


    साउन ७ गते नेपाल सद्भावना पार्टीमा प्रवेश गरेकी सरिता गिरीले आज सो पार्टी छाडेकी छिन् । साउन ७ गते एक कार्यक्रमको बीच नेपाल सद्भावना पार्टीको सदस्यता लिएकी उनले आज फेसबुकमार्फत आफूले सो पार्टी छाडेको र आजदेखि स्वतन्त्र भएको बताएकी छिन् ।

    उनले भनेकी छिन्, ‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडी बढाउनका लागि उहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु । नेपाल सद्भावना पार्टीलाई मेरो सदैव सद्भावना रहने छ । कठिन समयमा गरिएको यो अत्यन्त कठिन निर्णय हो ।’

    ‘प्रदीप गिरिले देहान्तअघि उहाँले मलाई टाउकोमा हात राखी ‘तिमीलाई शुभकामना छ’ भनि आशीर्वाद दिनुभयो जसले मलाई सोच्न गम्भीर बनायो,  सरिताले भनिन्, म प्रदीपजीको उत्तराधिकारी त होइन तर उहाँले देख्नु भएको सपना, लिनुभएको उद्देश्य मैले पूरा गर्ने प्रयास गर्छु ।’

    प्रदीप गिरि र आफ्नो परिवारको विशेष सम्बन्ध रहेको बताउँदै गिरीले प्रदीप गिरि आफ्नो पारिवारिक सदस्य मात्र होइन राजनीतिक गुरु समेत रहेको बताइन्। आफूले विशेष संरचना निर्माण गरेर नयाँ ढंगबाट अगाडी बढ्ने बताइन् । तर के संरचना बनाउने त्यसको बारेमा केही बताउन चाहिनन् ।

    उनले आफू नेपाल सद्भावना पार्टीमा लागेपछि केही नयाँ गर्ने सोच भएपनि एक महिनामै त्यस्तो अवस्था आउने नदेखेको बताइन् । मधेशका धेरैजसो माग पूरा भइ सकेकाे र नागरिकताको समस्या पनि समाधान हुन लागेको हुनाले अब नयाँ ढंगबाट अगाडी बढ्ने सोचले आफूले नेपाल सद्भावना पार्टी छाडेको उनले बताइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ