• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रचण्ड भन्छन : नागरिकता विधेयकमा एमालेले भ्रम छर्दैछ

    657
    SHARES


    काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा नेकपा एमालेले भ्रम छर्ने काम गरेको बताए।  ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याउँदा राष्ट्रघात भयाे भन्दै प्रचार गरेको प्रचण्डको आरोप छ ।

    भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने -‘आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था यो विधेयकमा छ । तर विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम भएको छ । यसप्रति सम्पूर्ण नागरिक सचेत हुन आवश्यक छ । ‘

    राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ भन्ने दुस्साहसलाई नेपाली जनताले असफल पार्ने प्रचण्डको दाबी छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया