• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    जापानमा कोभिडका कारण एक दिनमा ३४३ बढिको मृत्यु

    325
    SHARES


    काठमाडौँ। जापानमा कोभिडका कारण पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ । जापानमा अहिले कोभिडको सातौँ लहर चलेको छ । यहाँ दैनिक औषतमा ३०० जनाको मृत्यु हुने गरेको छ । सोमबार पनि कोभिडबाट एकै दिन ३२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    दैनिक संक्रमितको संख्या पनि पछिल्लो समयमा अत्यधिक देखिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २ लाखभन्दा बढी संक्रमित भएका छन् । जापानमा दैनिक कोभिड संक्रमितको संख्या ३ लाखसम्म पुगेको थियो ।

    संक्रमितको संख्या बढेसँगै सरकारले गतिविधिमा कडाइ गरेको छ । अनिवार्य मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नेमा ख्याल गर्न सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ