• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    मलेसियाका पूर्व प्रधानमन्त्रीको जेल जिबन सुरु

    304
    SHARES


    काठमाडौँ। सर्वोच्च अदालतले अपिल खारेज गरेसँगै मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई १२ वर्षको सजाय पुरा गर्न जेल पठाइएको छ । राज्यद्वारा सञ्चालित वान मलेसिया डेभेलप्मेन्ट बरहार्ड (वानएमडीबी) मा ६९ वर्षीय रजाकले भ्रष्टाचार गरेको भन्दै अदालतले उनलाई सजाय सुनाएको थियो ।

    उनलाई सन् २०२० को जुलाईमा नै सजाय सुनाइए पनि उनी धरौटीमा जेल बाहिर नै बस्दै आएका थिए । अदालतले उनको जेल सजाय भुक्तानीमा ढिलाइ गर्ने अपिललाई खारेज गरेको छ । उनले आफू यस प्रकरणमा निर्दोष रहेको बताउँदै आएका छन् । अदालतले भने उनलाई ४.२ करोड रिंगिट भ्रष्टाचार गरेको ठहर गरेको थियो । उनले सो रकम वानएमडीबीबाट आफ्नो व्यक्तिगत खातामा रकमान्तर गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ