सप्तरी । सप्तरीमा तस्कर समूह र प्रहरीबीच झडप भएको भएको छ । तस्कर समुहले ढुंगामुढा गरेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जनाएको छ। मंगलबार दिउँसो साढे १२ बजे बलान बिहुल गाउँपालिका-४ बेल्हीमा तस्कर समूह र प्रहरीबीच झडप भएको हो। प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
उनका अनुसार सामान तस्करी गरी भारतबाट नेपाल भित्र्याएर घरमा राखेको भन्ने सूचना प्रहरीले पाएको थियो । सो सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो। टोलीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको हो। प्रहरीले भन्सार छलेर ल्याएका लत्ताकपडा लगायतका सामान पनि बरामद गरेको छ । कति सामान बरामद भयो भन्ने खुलिसकेको छैन ।
घटनामा तीन जना प्रहरी पनि घाइते भएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । उनीहरूमा सामान्य चोट लागेको हो । भन्सार छलेर सामान ल्याउने मानिसहरू भने फरार छन् ।
प्रतिक्रिया