काठमाडौं । वेस्ट ह्यामले इटालियन डिफेन्डर इमर्सन पाल्मीरीलाई अनुबन्ध गर्ने भएको छ । वेस्ट ह्यामले अर्को प्रिमियर लिग क्लब चेल्सीबाट इमर्सनलाई अनुबन्ध गर्ने भएको हो । वेस्ट ह्यामले लेफ्ट ब्याकलाई १५ मिलियनमा अनुबन्ध गर्ने बताईएको छ ।
२८ वर्षीय इमर्सनले गत सिजन लियोनबाट लोनमा खेलेका थिए । उनी २०१८ मा रोमाबाट चेल्सी आएका थिए । तर, उनले चेल्सीमा लगातार खेल्न पाएका छैनन् । सन् २०२० मा इटालीले युरो जित्दा उनी इटालीको टिममा रहेका थिए ।
प्रतिक्रिया