काठमाडौँ। जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । कैद भुक्तान गरिरहेका जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ५ का बेदराज भाटको मृत्यु भएको हो । स्वास्थ्य उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिएका छन् ।
भाद्र २ गते देखी कारागार चलान भएका ३५ बर्षिया भाटको स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागी सेती प्रादेशिक अस्पताल लगिएको थियो । आफ्नै शरीरमा चिथोर्ने,चिच्याउने,कराउने गर्न थालेपछि जिल्ला अस्पताल अछाममा लगिएका भाटलाई थप उपचारका लागी सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाट विरुद्ध १० बर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो ।
भाद्र २ गते देखी जेल चलान भएका भाटको हप्ता दिन नपुग्दै उपचारका क्रममा मृत्यु भएको छ ।
प्रतिक्रिया