• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ६ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

    226
    SHARES


    काठमाडौँ। पछिल्लो चौबिस घण्टामा कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म महामारीमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर थप ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ९४९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४३ तथा एन्टीजेन विधिबाट २९१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ४१७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २२१ पुगेको छ । त्यस्तै, १६ हजार ६५३ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ