• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    दर्या दुगिनाको हत्या युक्रेनले गरेको रुसी गुप्तचर निकायको आरोप

    273
    SHARES


    काठमाडौँ। रुसले प्रभावशाली उग्र-राष्ट्रवादी अलेक्जेन्डरदुगिन छोरी दर्या दुगिनाको कार बम विस्फोटमा भएको हत्या ‘युक्रेनी विशिष्ट निकाय’ले गरेको आरोप लगाएको छ । तर युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पादोल्याकले भने दुगिनाको आक्रमणमा आफ्नो मुलुकको संलग्नता अस्वीकार गरे । पोदोल्याकले रुसी आरोपलाई ‘प्रोपोगाण्डा’को संज्ञा दिए ।

    राष्ट्रवादी रुसी टिभी च्यानलकी नियमित टिप्पणीकार रहेकी २९ वर्षिया दुगिनाको टोयोटा ल्यान्ड क्रुजर गाडीमा शनिबार रिमोट कन्ट्रोल बम विस्फोट भएको थियो । बम विस्फोट हुदाँ उनी मस्कोको बाहिरी भागमा गाडी चलाईरहेकी थिइन् ।

    रुसी मिडियाका अनुसार जुन कार विस्फोट भयो, त्यो गाडी खासमा अलेक्जेन्डर दुगिनले चलाउने वाला थिए । तिनका अनुसार अन्तिम समयमा बाबु छोरीले गाडी साटेका थिए । यसैले आक्रमणकारीले खासमा दुगिनलाई निशाना गरिएको आशंका गरेका छन् ।

    दर्या दुगिना उनका पिताजतिको लोकप्रिय नभए पनि वैचारिक रुपमा भने उनीसँग नजिक र युक्रेनमा रूसी आक्रमणको कट्टर समर्थक थिइन् । गलत सूचनाको स्रोतका रहेको युनाइटेड वल्र्ड इन्टरनेशनलकी प्रधान सम्पादक रहेको आधारमा दुगिनालाई मार्चमा अमेरिकाले प्रतिबन्धको सूचीमा राखेको थियो ।

    दार्शनिक, लेखक र राजनीतिक सिद्धान्तकार दुगिनलाई भने पश्चिममा केहीले ‘पुटिनको दिमाग’ भन्छन् । अलेक्ज्याण्डर दुगिन विश्वभरका सबै रुसीहरुलाई एक गर्नुपर्ने वकालत गर्छन् । उनले धेरै पहिलेदेखि रुसीभाषीको बाहुल्य रहेको पूर्वी युक्रेनलाई रुसमा गाभ्नुपर्ने बताउदै आएका थिए ।

    सोमबार एक विज्ञप्ति जारी गर्दै रूसको संघीय गुप्तचर निकाय ‘फेडरल सेकुरिटी सर्विस(एफएसबी)’ले दुगिनामाथिको आक्रमण युक्रेनी विशेष निकायले ‘योजना गरेर कार्यन्वयन गरेको’ बताए । एफएसबीले युक्रेनी नागरिक नताल्या भोभ्कले दुगिनाको हत्या गरेर छिमेकी इस्टोनिया भागेको दावी गरेको छ । भोभ्क र उनकी १२ वर्षीया छोरी जुलाईमा रुस पुगेको र एक महिनासम्म एक अपार्टमेन्ट भाडामा लिएर आक्रमणको तयारी गरेको रुसी गुप्तचर निकायले बताएको छ । आक्रमणअघि भोभ्कले दुगिनाको जीवनशैली अनुसन्धान गरेको निकाले दावी गरेको छ ।

    कथित आक्रमणकारी शनिबार साँझ दुगिना र उनको पिता सहभागी मस्को बाहिर आयोजित एक कार्यक्रममा पुगेको, कारमा ‘नियन्त्रित विस्फोट’ गरेको र लगतै इस्टोनियाको सिमानाबाट बाहिरिएको एफएसबीले भनेको छ ।
    एफएसबी कथित हत्याराको सुरक्षा निगरानी भिडियो जारी गर्दै उनको सैन्य आईडी पनि जारी गरेको छ, जसमा उनी युक्रेनको अजोभ बटालियनकी सदस्य हुन् भनिएको छ । युक्रेनको अजोभ बटालियनले एफएसबीले उल्लेख गरेको महिला कहिल्यै आफ्नो इकाईको सदस्य नभएको दावी गरेको छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन्तान शोकमा रहेका दुगिन र उनकी श्रीमतीप्रति समवेदना प्रकट गर्ने ‘दुगिनामाथिको क्रुर र कायरतापूर्ण’ हत्याको निन्दा गरेका छन् । साथै पुटिनले दुगिनालाई मरणोपरान्त रुसको सर्वोच्च पदकमध्ये एक ‘अर्डर अफ करेज’ प्रदान गरेका छन् ।

    उता दुगिनले वक्तव्य जारी गर्दै आफ्नी छोरी ‘उदाउँदो तारा’ रहेकी र ‘रुसको शत्रुले झुकाएर हत्या गरेको’ आरोप लगाएको छ । ‘हाम्रो मन अहिले बदलाको लागि तड्पिरहेको भए पनि रुसीहरुलाई यसले सोभा दिँदैन । हामीलाई जितले मात्र शान्त बनाउनेछ,’ दुगिनले लेखेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ