• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

    264
    SHARES


    काठमाडौँ। आसन्न आम निर्वाचनमा सिट बाँडफाँटबारे सत्ता गठबन्धनका शीर्ष नेताको छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच बैठक चलिरहेको हाे ।

    बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, कार्यदल संयोजक कृष्णप्रसाद सिटौला र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी रहेका छन् । माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी छन् ।

    आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटका लागि सकस देखिएको छ । काँग्रेसले ८५-९०, माओवादीले ४०-४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १२-१५ को वरिपरि सिट पाउने गरी छलफल चलिरहेको नेताहरु बताउँछन् । तर मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सिट बाँडफाँट पेचिलो बनेको छ । कार्यदलमा सहमति नभएपछि शीर्ष नेता बसेर भागबण्डा टुंग्याउने कसरत भइरहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ