• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    प्रधानमन्त्रीको ड्रग टेस्ट नतिजा सार्वजनिक

    723
    SHARES


    हेलसेन्की। फिनल्याण्डकी प्रधानमन्त्रीले ड्रग टेस्ट परीक्षणमा नेगेटिभ नतिजा आएको छ । प्रधानमन्त्री सान्ना मारिनले सम्भावित लागू औषध सेवन गरेको विषयलाई आलोचना भएपछि उनले त्यसबारे शंका हटाउन परीक्षण गरेकी थिइन् ।

    एउटा पार्टीमा अस्वभाविक रुपमा डान्स गरेको भिडियो भाइरल भएपछि उनले लागूऔषध सेवन गरेको अनुमान गरिएको थियो । सोही विषयलाई लिएर ३६ वर्षीया प्रधामन्त्री विवादमा तानिएकी थिइन् ।

    प्रधानमन्त्रीको पिसाबको नमुना लिएर विभिन्न लागूऔषध जस्तै कोकिन, एम्पेथामिन, क्यानाविस, लिडा भालिन परीक्षण गरिएको उनका विशेष सल्लाहकारले बताएका छन् । ‘१९ अगस्ट २०२२ मा प्रधानमन्त्री सन्ना मारिनमा गरिएको परीक्षणमा ड्रग देखिदैन,’ मारिनको कार्यालयले एक विज्ञप्तिमा भनेको छ । रिपोर्टमा डाक्टरले हस्ताक्षर गरेका बताइएको छ ।

    ‘एउटा वृहत परीक्षण गरिएको थिएन । हामीले परीक्षण कसरी गर्ने भनेर छनौट गरेनौं’ मारिनले भनिन् । गत साता चुहावट भएको एउटा भिडियोमा मारिनलाई साथीहरू र सेलिब्रेटीहरूको समूहसँग नाच्दै पार्टी गरिरहेको देख्न सकिन्छ । भिडियोले विश्वभर विवाद सिर्जना गरेको थियो । एजेन्सी

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया