• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    बंगलादेशमा ऊर्जा संकट, बिजुली बचाउन स्कुल अवधि घटाइयो

    272
    SHARES


    काठमाडौँ। बंगलादेशमा ऊर्जा संकट निम्तिएको छ । यससँगै, बिजुली बचाउनका लागि बंगलादेश सरकारले स्थानीय विद्यालय र कार्यालय समय घटाउने निर्णय गरेको छ । बंगलादेशले गत महिनादेखि नै दैनिक २ घन्टा लोडसेडिङ सुरू गरेको थियो ।

    यही समयमा बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । मूल्यवृद्धि र ऊर्जा संकटकाबीचमा बंगलादेशी नागरिकहरू सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सरकारले सुरू गरेको औपचारिक लोडसेडिङको विरोध गरिरहेका छन् ।

    रुस-युक्रेन युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढ्दा बंगलादेशको विदेशी मुद्राको भण्डारण रित्तिन लागेको छ । ऊर्जा संकट निम्तिएपछि यसअघि शुक्रबार मात्रै बन्द हुँदै आएका विद्यालय शनिबार पनि बन्द गर्न थालिएको छ । बंगलादेश मन्त्रिपरिषद्का सचिवले यसलाई पुष्टि गरेका छन् ।

    यसका साथै, बंगलादेशले बैंक र सरकारी कार्यालयको काम गर्ने अवधि घटाएको छ । यसअघि दैनिक ८ घन्टा रहेको यस क्षेत्रको काम गर्ने अवधि ७ घन्टामा ल्याइएको छ । खासगरी, बंगलादेशले कोइला र डिजेलमा आधारित विद्युतीय प्यान्टहरू सञ्चालन गर्दै आइरहेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा यी वस्तुको मूल्य बढेपछि बंगलादेशलाई समस्या परेको हो ।

    बंगलादेशले आयातित डिजेलबाट देशमा उत्पादन हुने कूल विद्युतको ६ प्रतिशत बिजुली उत्पादन गर्दै आइरहेको छ । जुन, मूल्यवृद्धिका कारण समस्यामा परेका छन् । यस्तै, बंगलादेशले आयातित प्राकृतिक ग्यासबाट समेत बिजुली उत्पादन गर्दै आइरहेको छ । समस्याका बाबजुद गाँउ र कृषकलाई बिजुली उपलब्ध गराउने बंगलादेश मन्त्रिपरिषद्का सचिव खान्दकर अनवारुल इस्लामलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ